
बिहीबार सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा विभिन्न दलका नेताहरुसँग समसामयिक विषयमा छलफल गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १४ वैशाख । नौदलीय गठबन्धनको आज बसेको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको निष्कर्ष निकाल्दै सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित नेकपा (एमाले) को संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव सकरात्मक नभएको जनाउँदै सो प्रस्ताव पराजित गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन देश र जनताको हितमा नरहेको जनाउँदै त्यसलाई पराजित गर्न आफ्ना तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको बताउनुभयो ।
पूर्वसभामुख नेम्वाङले भन्नुभयो, ‘संशोधनको प्रक्रियामा सहभागी हुन्छौँ तर संशोधनमा गठबन्धनले पनि संशोधन हाल्ने छ, देश र जनताको हितमा नरहेको संविधान संशोधन विधेयकलाई पराजित गर्ने प्रयास हुन्छ, त्यसको मुख्य भूमिका एमालेले लिन्छ, अरु साथमा हुन्छन् ।’
बैठकमा संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत भएको तथा ११ जिल्लामा स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका विषयमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पठाइएको परिपत्र सरकारले फिर्ता गराएका बारेमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भएको थियो ।
नेता नेम्वाङले यही वैशाख ३१ गते एक चरणमा हुने भनिएको निर्वाचन दुई चरणमा गर्नु सही नभएको उल्लेख गर्दै ११ जिल्लामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या हेरफेर गर्ने विषय बुधबार मात्र सरकारले फिर्ता लिएको र प्रतिपक्षको सहमतिमा मात्र काम अघि बढाउने विषयलाई गठबन्धनले सकरात्मक रुपमा लिएको जानकारी दिनुभयो ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले नौदलीय गठबन्धनको प्रारम्भिक वार्तामा संविधान संशोधन घातक रहेको उल्लेख गर्दै गाउँपालिकाको अधिकार र प्रदेशको अधिकार कटौती गर्ने तथा अङ्गीकृत नागरिकता, भाषाका विषयमा पहिले भएका भन्दा पनि गलत कुरा रहेको निष्कर्ष निकालिएको बताउनुभयो ।
‘संविधान संशोधनको प्रस्ताव स्वीकारयोग्य छैन, यसले देशको एकता, स्वतन्तत्रा, सार्वभौमसत्तामा बल हैन, आँच पुरयाउने काम गरेको छ, पहिलेको तुलनामा संधिान संशोधन प्रस्ताव झन् बिग्रेर आएको छ भन्ने ठहर भएको छ’,सांसद मैनालीले भन्नुभयो ।
संविधान संशोधनका प्रक्रियामा भाग लिने तर संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ नपुग्ने बैठकको ठहर थियो ।
नेता मैनालीका अनुसार स्थानीय तहको निर्वाचनमा नौदलीय गठबन्धनबीच तालमेल गरेर जाने विषयमा समेत छलफल भएको थियो । तालमेल गरेर चुनावमा जाने विषयमा एमालेसमेत सकरात्मक देखिएको छ ।
नौदलीय गठबन्धनमा एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, मधेस जनता पार्टी, मधेस समता पार्टी, बहुजन जनता पार्टी र नेपाः राष्ट्रिय पार्टी छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन