
केन्द्रीय तथ्याङ्क विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा आव २०७३-७४ को कुल गार्हस्थ्य उत्पादन बारे जानकारी दिंदै राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरे लगायत विभागका उच्चअधिकारीहरु । तस्बिर ः हरि लामिछाने, रासस
काठमाडौँ, १२ वैशाख । चालु आर्थिक वर्ष २०७३-७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०.०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।
यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्याङ्कको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो ।
विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसाबले चालु आव अत्यन्त फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा ऊर्जा सङ्कट अन्त्य भएको र बन्द हड्ताल कम भएकाले अर्थतन्त्रमा सकारात्मक असर परेको हो ।’
कृषि क्षेत्रमा ५.२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७.७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ ।
चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३.८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८.८ प्रतिशत थियो ।
चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९.७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला रु आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ ।
उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्षमा सन् २०००-२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४।२२ रहेको छ । विप्रेषण आयतर्फ कुल रु सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६.९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा रु ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ ।
कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पुरयाएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालको दाबी थियो । उहाँले ऊर्जा क्षेत्र व्यवस्थामा सुधार आएकाले उत्पादन क्षेत्रमा ठूलो योगदान पुगेको बताउनुभयो ।
चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९.३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०.६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८.८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५.२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।
विसं २०२१-२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति