
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीले भेटवार्ता गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ९ वैशाख । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताउनुभएको छ ।
अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग आज भएको भेटमा उहाँले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आम नेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजनाबारे छलफल भएको थियो ।
अमेरिकी सिनेटरद्वयले नेपाल सरकारको समृद्धि र विकासको सोचप्रति मतक्यैता प्रकट गर्दै राजनीतिक एवम् सामाजिक क्षेत्रका साथै नेतृत्व तहमा महिलाको उपस्थिति विश्वका लागि नमुना भएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँहरूले नेपालको चौतर्फी विकासमा अमेरिकाले सघाउने र सधँै सकारात्मक रहने आश्वासन दिनुभएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत आलाइना टेप्लिज पनि उपस्थित हुनुहुन्थ्यो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा