काठमाडौँ, ८ वैशाख । भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फिर्ता हुनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले स्वागत गर्नुभयो ।
सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिसँगै भ्रमण दलका सदस्य शान्तिमन्त्री सीतादेवी यादवलगायत पनि स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत सो भ्रमणअन्तर्गत नयाँ दिल्लीका महत्वपूर्ण भ्रमणपछि नेपाल फर्कनुभएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख ३ गते त्यसतर्फ जानुभएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा