
प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तारुढ दल तथा मधेशी मोर्चामा आवद्ध छ दलससँग भएको बैठक । तस्बिर ः प्रदिपराज वन्त, रासस
काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सत्तारुढ दल र मोर्चामा आबद्ध छ दलबीचको बैठकमा सोसम्बन्धी समझदारी भएको हो । बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रस्तावमा केही कुरा परिमार्जन गर्नुपर्ने, संविधान संशोधन पारित गर्ने र सबैले चुनावमा भाग लिने कुरा उठेको बताउँदै निर्वाचन दुई चरणमा गर्ने वा एकै पटक गर्ने भन्ने विषयमा भने शनिबार छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा संविधान संशोधनको प्रस्तावमा परिमार्जन गर्ने र सबैले निर्वाचनमा भाग लिने विषयमा छलफल भएको थियो ।
सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचनमा आफूहरु जान चाहेको स्पष्ट गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो, “संविधान संशोधनसहित परिमार्जन गर्ने लगायत हाम्रा मागमा राजनीतिक सहमति गरी निर्वाचनको समय केही समय सार्नुपरयो, हामी निर्वाचनमा जान चाहन्छौँ, त्यसका लागि वातावरण बनाउनुपरयो ।” सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार अपराह्न २ः०० बजे पुनः बैठक बस्नेछ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त