
लन्डन । मेडस्टोन नेपाली समाज यूकेले बैशाख १ मा एक कार्यक्रम गरी नेपाली नयाँ वर्ष २०७४ लाई स्वागत गरेको छ । समाजका उपाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आयोजित उक्त कार्यक्रम समाजका महासचिव पूर्व क्याप्टेन यम पुनको स्वास्थ्य एवं सुरक्षा सम्बन्धी जानकारीबाट शुरु भएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्व गोर्खा मेजर दुध गुरुङले स्वागत मन्तव्य दिँदै नयाँ साल २०७४ लाई स्वागत गरि सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिए । करिब २०० नेपालीले भरिएको हलमा सहभागीहरु एक आपसमा नयाँ सालको शुभकामना आदान प्रदान गर्न व्यस्त देखिन्थे ।
नेपाली खाना, सांस्कृतिक कार्यक्रम एवं मनोरन्जनका लागि राफल कार्यक्रमका प्रमुख आकर्षण रह्यो । मेड्स्टोन नेपाली समाजको दशैं पछिको ठूलो कार्यक्रमको रुपमा मनाइने नेपाली नयाँ वर्षमा मेडस्टोन बाहेक आसफोर्ड, हेडकोर्न, लन्डन र सिटिङबोर्नबाट पनि नेपालीको उपस्थिति थियो ।
पूर्ण गुरुङ र बुद्धी गाहाले सांस्कृतिक कार्यक्रम सञ्चालन र उमेश पराजुली, मोहन गुरुङ एवं कमल अधिकारीले कार्यक्रम व्यवस्थापन गरेका थिए । अन्य कार्यकारिणी एवं समाजका सदस्यहरुले पनि आ-आफ्नो ठाउँबाट सहयोग गरी उक्त कार्यक्रम सफल बनाउन योगदान गरे । कार्यक्रम राती १२ बजे समापन भएको थियो ।
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान