वैशाख, ५ जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ मा आज अपराह्न भे १ च १२५१ नंको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका जिप चालक दैलेखका २५ वर्षीय बुद्धवीर कठायत, ठूलोभेरी नगरपालिका–९ का १६ वर्षीय लोकेन्द्र शाही, वडा नं ७ का १५ वर्षीया सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का ६० वर्षीय धर्मलाल बुढाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिप्रका डोल्पाका प्रमुख सुमित खड्काले बताउनुभयो ।
दुर्घटनामा परी ठूलीभेरी नगरपालिका २१ वर्षीय पञ्च बुढा र कालागाउँ–४, सल्यानका ३५ वर्षीय केशर आर्चाय घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जिप ठूलीभेरी नगरपालिका पातीहाल्नस्थित सडकमा उकालो चढ्न नसकेर झन्डै १५० मि तल खसेको प्रहरीले जनाएको छ । जाजरकोट–डोल्पा सडक खण्ड निर्माण कार्य पूरा भएको छैन । दुनैबाट त्रिपुराकोटसम्मको सडकमा हेलिकोप्टरमार्फत जिप लगेर गत सालदेखि सञ्चालनमा ल्याइएको छ ।
निर्माण कार्य पूरा नभएको सडकमा जबरजस्ती यातायातका साधन चलाउँदा समस्या आएको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ