
भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीका लागि डिप बोरिङ गरिँदा आगोको मुस्लो निस्केपछि काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर आगो निभाउने प्रयास गर्दै । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ ।
आज बिहान सिरुटारको साबिक गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्याङ्की रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको पानी निकाल्ने क्रममा बिहान १०ः१५ बजे एक्कासि आगोको मुस्लो निस्किएको थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको रु ३५ लाखको लागतमा सिरुटार खानेपानी आयोजना दोस्रो चरणको काम गर्ने क्रममा १८० फिट गहिरोमा गएपछि एक्कासि आगोको मुस्लो निस्किएको तत्कालीन सिरुटार गाविस अध्यक्ष शशिजङ्ग थापाले बताउनुभयो ।
थापाले भन्नुभयो, ‘सोमबार बिहान मैले नै यो डिपबोरिङ्को शिलान्यास गरी काम सुरु गरेका हौँ, तर काम गर्दै जाँदा सुरुमा ढुङ्गा भेटियो, त्यसको एक क्षणपछि अचानक आगोको मुस्लो नै निस्कियो ।’ आगो निस्किएपछि स्थानीय बासिन्दाको पहलमा आगो नियन्त्रणमा नआएपछि भक्तपुरको जुद्ध बारुणयन्त्रको दुई, काठमाडाँै महानगरपालिकाको एक, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एकवटा दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले नियन्त्रणको प्रयास गरेको थियो ।
दमकलले पानी र आगो नियन्त्रणमा लिने रसायनको प्रयोगसँगै ग्यास निस्किएको पाइपमा माटो र बोरालगायत सामग्री हालेर बन्द गराएपछि दिउँसो २ बजे आगो नियन्त्रणमा आएको थियो । आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो ।
आगो निस्किएर पिला गाउँ तनावमय भएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुर, नेपाल आयल निगम, विपद् उद्धार व्यवस्थापन, भूगर्भ विभागका टोलीले अनुगमन गरेका थिए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख शिभेष झाले आयोजनामा पानीको ग्यास निस्किएकाले यसको खानी तथा भूगर्भ विभागले अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुने बताउनुभयो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ