लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले एउटा अप्रत्यासित सम्वोधनमा आगामी ८ जुनमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छन् । पदावधि सकिन झण्डै तीन वर्ष बांकी रहंदा उनको त्यस्तो घोषणा आएको हो ।
मंगलबार आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि उनले गरेको प्रस्तावलाई बुधबार संसदले पारित गर्नुपर्ने हुन्छ । अनिच्छापूर्वक आफू निर्वाचन घोषणाको निष्कर्षमा पुगेको जनाउंदै उनले देशमा निश्चितता र स्थायित्वको ग्यारेन्टी गर्ने यो एकमात्र उपाय भएको बताइन् ।
उनले सम्वोधनमा भनेकी छिन्- ‘देश एकतावद्ध हुँदैछ तर वेस्टमिन्स्टरमा अवस्थित संसद् भने विभाजित छ ।’
वर्तमान संसदको पदावधि सन् २०२० सम्म रहेपनि गत वर्षको ब्रेक्जिट परिणामले प्रधानमन्त्री मेलाई आम चुनाव गर्न दवाव परेको थियो ।
गत वर्ष बेलायत इयूबाट बाहिरिने पक्षमा वहुमत आएपछि डेभिड क्यामरुनले राजिनामा दिए लगत्तै मे प्रधानमन्त्री भएकी थिइन् । तर उनी २०१५ को आम निर्वाचनमा पार्टी नेताका हैसियतले निर्वाचित नभएकाले ब्रेक्जिट वार्तामा बेलायत कडा रुपमा बहिगर्मन हुन मेसंग ‘म्यान्डेट’ नभएको भनि युरोप पक्षधरहरुले विरोध गर्दै आएका थिए ।
बेलायतको चौंथो ठूलो लिबरल डेमोक्रेटिक पार्टीका नेता टिम फयारोनले आम चुनाव घोषणाको स्वागत गर्दै प्रधानमन्त्री मेले लिएको गलत युरोप नीति सच्याउने मौका आएको बताएका छन् ।
प्रधानमन्त्री मेले सिंगल मार्केट, भन्सार संघ र आप्रवासीको आवतजावत (फ्रि मुभमेन्ट) अन्त्य गर्ने गरि ब्रेक्जिट वार्ता बढाउने कार्ययोजनाको परिक्षण हुने कतिपय विश्लेषकहरुको धारणा छ ।
वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदमा वहुमत भएपनि ब्रेक्जिटका कारण आन्तरिक मतभेद निकै चुलिएको छ । बेलायती जनमानसमा ब्रेक्जिट सम्वन्धि चर्को मतभेद कायमै छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा