लन्डन । नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीले शनिबार म्यानचेष्टरस्थित ब्रिटानिया कन्ट्री हाउस होटलमा संस्थाको २५ औं वार्षिक साधारणसभा गरि नयां नेतृत्व चयन गरेको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहेको उक्त साधारणसभाले ५ औं पटक अध्यक्षमा पुनः पुष्प श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । नयां कार्यसमितिको उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, महासचिव सुधीर बजिमय, कोषाध्यक्ष राजेन्द्र बस्नेत, सामाजिक सचिव निर्मल कार्की र सदस्यहरुमा डा. मदन शर्मा, डा. कुमुद भण्डारी, प्रा. सत्यनराज भण्डारी, डा. आरती हमाल, बुद्धिराम श्रेष्ठ चयन भए ।
साधारणसभालाई सम्वोधन गर्दै राजदूत डा. सुवेदीले आफू राजदूत भएर लन्डन दूतावासमा आइसकेपछि दूतावासको प्रशासनिक, आर्थिक र कुटनीतिक फोहोर सफा गरिसकेको बताए । सुवेदीले गत १ जनवरीदेखि ब्रिटिश पासपोर्ट होल्डरलाई नेपालको भिजा लिन दूतावासमा आइरहनु नपर्ने र एकै दिन भिजा जारी गर्न थालिएको जनाए । राजदूत सुवेदीले सेवा समय बढाइएको स्मरण गर्दै लन्डनबाहिरबाट जाने नेपाली सेवाग्राहीले भोलि कुर्नुनपर्ने समेत बताए । आफूमा राजदूतको पदीय अहंकार कहिल्यै नभएको बताउंदै उनले नेपाली समुदायबाट रचनात्मक सहयोगको अपेक्षा पनि गरे ।
बेलायतमा नेपाली समुदायलाई विभाजन र विभेदको रेखा नकोर्न आग्रह गर्दै राजदूतले भने, ‘हामी पहिला नेपाली हौं । एकता, भातृत्व र पवित्र भावना लिएर देश र समाजका लागि मिलेर काम गरौं ।’
अध्यक्ष पुष्प श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारणसभामा महासचिव विजय श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. योगेन्द्र बज्राचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त अवसरमा संस्थाले धादिङमा भूकम्पले क्षतिग्रस्त एक विद्यालय पुनर्निर्माणमा आर्थिक सहयोग गर्नेबारे अवगत गराइएको थियो । करिब ५५ लाख रुपैयां लागतमा धादिङ रामकोट गाउंस्थित कन्काली मेलमिलाप प्रावि बनाउन हिमालयन यतीले पहिलो किस्ता स्वरुप करिब दश लाख ५० हजार रुपैयां (८ हजार पाउण्ड) पठाइसकेको छ । यही वर्ष अगष्टसम्म विद्यालय पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम बढाइएको हिमालयन यती अध्यक्ष श्रेष्ठले जनाए । उक्त विद्यालय बनाउन लायन्स क्लव अफ पोखरा लेक सिटी, लायन्स क्लव अफ धादिङ निलकण्ठ र रामकोट गाविसले ‘लजिस्टिक सपोर्ट’ गरेका छन् ।
यसैबीच, हिमालयन यतीले आइतबार नेपाली नयां वर्ष २०७४ कार्यक्रम समेत गरेको छ । उक्त अवसरमा प्रमुख अतिथी राजदूत सुवेदी, अध्यक्ष श्रेष्ठ लगायतले शुभकामना दिए । कार्यक्रममा विभिन्न अवार्ड वितरण र सांस्कृतिक प्रस्तुति भएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने