
काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको मागसहित नयाँ शक्ति पार्टीलगायत ६८ दलले शनिबारदेखि सुरु गरेको रिले अनशनमा बोल्दै संयोजक डा. बाबुराम भट्टराई । तस्बिर ः हरि लामिछाने, रासस
काठमाडौँ, २ वैशाख । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् ।
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो ।
लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् ।
शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५-३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर शान्तिपूर्ण सङ्घर्ष सुरु गरिएको बताउनुभयो ।
त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरङ्कुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण सङघर्ष जारी रहने बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा