काठमाडौँ, ३१ चैत । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
विश्वको गम्भीर सुरक्षा चुनौतीका रुपमा देखापरेको आतङ्कवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी सगरमाथा फ्रेन्डसिप– १७ नाम दिएर दुई देशका सेनाबीच उक्त अभ्यास वा तालिम सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
छिमेकी तथा अन्य मित्र राष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासलाई निरन्तरता दिने क्रममा पहिलो पटक मित्र राष्ट्र चीनको जनमुक्ति सेनासँग दशदिने तालिम हुने सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।
नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा द्विपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, गोष्ठी तथा अभ्यास गर्दै आएको छ । तालिमका क्रममा विपद् व्यवस्थापनलगायत साझा हित र सरोकारका विषयमा पनि छलफल हुने छ ।
तालिम र अभ्यासबाट हुने अनुभव आदानप्रदानबाट ज्ञान, सीप र पेसागत क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिइएको छ । द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नाका साथै सैनिक तथा कूटनीतिक सम्बन्धलाई अझ बलियो र विस्तार गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा