काठमाडौँ, ३० चैत । द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि मात्र हालसम्म सात हजार २४४ क्युफिटभन्दा बढी काठ उपलब्ध गराइसकेको जनाएको छ ।
टिम्बर नेपाली सेना (घोडा तबेला)को पुनःनिर्माणका लागि तीन हजार क्युफिट र नेपाली सेना भवन निर्माणमा ३०० क्युफिट, गोरखाको मनकामना मन्दिरका लागि ५०० क्युफिट, काठमाडौँको सनातन इष्ट देवता गुठीका लागि १०० क्युफिट, काठमाडौँको नेपाली मधेसी निजामती कर्मचारी मञ्च भवन निर्माणमा ५०० क्युफिट काठ उपलब्ध गराइसकेको छ ।
त्यस्तै स्याङ्जाको खिलुङ्ग कालिका मन्दिर निर्माणमा १५० क्युफिट, काठमाडौँको लुजुभुलु अजिमा गुठीका लागि ४९९ क्युफिट, ललितपुरको करुणमय पीठ मन्दिरको लागि ६०० क्युफिट, तलेजु भवानी मन्दिरलाई ३४५ क्युफिट, वाचन शिरोमणि नारायण पोखरेल स्मृति प्रतिष्ठानका लागि ५०० क्युफिट, काभ्रेको पशुपति मन्दिर निर्माणमा १०० क्युफिट, दक्षिणकालीको धार्मिक तथा सांस्कृतिक सम्पदा समितिलाई २०० क्युफिट र तनहुँको गलेश्वर आश्रमका लागि ४५० क्युफिट काठ उपलब्ध गराइसकेको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो ।
पुरातत्व विभागबाट टिम्बरमा हालैमात्र काष्ठमाण्डप पुनःनिर्माणका लागि १७ हजार ३८ क्युफिट, सेतो मच्छिन्द्रनाथको लागि तीन हजार २६८ क्युफिट, जुम्लाको चन्दननाथ मन्दिरका लागि २७७ क्युफिट र नुवाकोटको भैरवी मन्दिर पुनःनिर्माणका लागि एक हजार ४५० क्युफिट काठ आपूर्ति गर्न सिफारिसपत्र आएको महाप्रबन्धक लौडारीले बताउनुभयो ।
यसबाहेक टिम्बरले मङ्गलबार मात्र गोरखाको लाप्राकका ६०० निजी घर निर्माणका लागि २७ हजार ३०० क्युफिट काठको मागपत्र आएको जनाएको छ । टिम्बरले उक्त सबै काठ पुनःनिर्माणका लागि पाइने सहुलियत दर अर्थात् प्रतिक्युफिट रु दुई हजार ४२५ का दरले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
टिम्बरले सामान्य अवस्थामा भने काठको आकार हेरी प्रतिक्युफिट न्यूनतम दुई हजार १६० देखि तीन हजार १०० का दरले बिक्री वितरण गर्दै आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित