
नयाँवर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने बिस्केट जात्राको पहिलो दिन नै बिग्रिएको काठैकाठबाट प्यागोडा शैलीमा बनेको भैरबको रथ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा ढुङ्गा हान्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाएको छ ।
पक्राउपर्नेमा भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय श्यामकृष्ण शाही, भनपा–२ च्यामासिंह बस्ने २६ वर्षीय अभिनव भन्ने रोशन प्रजापति, भनपा– १ बोलाछे बस्ने २२ वर्षीय सगुन प्रजापति र भनपा– ८ क्वाछे बस्ने १८ वर्षीय सञ्जीव फासीकौ पक्राउ परेका छन् ।
त्यस्तै ललितपुरको बडिखेल–७ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय विकेश पहरीलाई खुकुरीसहित पक्राउ गरेको महानगरीय प्रहरीपरिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
निजले ढुङ्गा हान्ने, सिसी क्यामरा फुटाउने र हुलदङ्गा गरेकाले राति नै पक्राउ गरी आज सार्वजनिक मुद्दा चलाएर आवश्यक कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो ।
राति ढुङ्गा हानाहान हुँदा पाँच जना प्रहरीसहित ११ जना घाइते भएका थिए । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन सोमबार तौमढीबाट भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन छ ।
जात्राको पहिलो दिनमै बिग्रियो रथ
नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन नै काठैकाठबाट प्यागोडा शैलीमा बनेको भैरवको रथ बिग्रिएको छ ।
विगतका वर्षमा पुरानो भएका काठको प्रयोग गरिएको, चुकुलको प्रयोग राम्रोसँग नगरेको र सामान्य रुपमा रथ बनाएका कारण यस वर्ष जात्राको सुरुकै दिन रथ बिग्रिएको जात्रा सञ्चालकले गुनासो गरेका छन् ।
गुठी संस्थानको रु पाँच लाखको लागतमा निर्माण भएको रथको चैत ३१ गते तानेर ल्यासिंखेल पुरयाएपछि लिङ्गो उठाउने र १ गते लिङ्गो ढालेपछि रथलाई पुनःगःहिटी ल्याएर भद्रकालीको रथसँग जुधाउने परम्परा छ ।
त्यसपछि जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते सुरुकै दिन जस्तै गरी रथलाई तान्ने परम्परा छ । गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बिग्रिएको रथ तत्कालै मर्मत गर्ने बताउनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा