
काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ ।
बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको थियो ।
सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वाेच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो ।
सूचना तथा सञ्चारमन्त्री कार्कीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग भएको निकै लामो र निरन्तरको छलफलपछि सरकारले यसअघि संविधान संशोधनका लागि लगेको प्रस्ताव फिर्ता लिने र नयाँ प्रस्ताव संसद्मा लैजाने निर्णय पनि बैठकमा भएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाका सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य निर्वाचकमण्डलमा रुपमा रहने र संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव लगिनेछ । यसैगरी प्रदेश नं २ र ५ को मागलाई ध्यानमा राख्दै गाउँपालिका र नगरपालिकाको सङ्ख्या थप्ने विषयमा उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले तीन दिनभित्र सुझाव दिने र त्यसअनुसार सङ्ख्या आवश्यक भएमा थप्ने निर्णय गर्न सक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग