काठमाडौँ, २६ चैत । गैरआवाशीय नेपाली सङ्घले मुलुकमा पर्यटन प्रवर्धनका लागि आइतबारदेखि ‘अतिथि देवो भवः’ अभियान सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ, लुम्बिनी, पोखरा र चितवनबाट सुरु हुने सो अभियानमा नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदा तथा भौगोलिक जैविक विविधताकाबारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिनेछ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष भवन भट्टले नेपालीको आतिथ्यता सत्कारको संस्कृति संसारकै उत्कृष्ट मानिएको भए पनि त्यसको उपयोग हुन नसकेको बताउनुभयो । सो अभियानअन्तर्गत नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरुलाई पनि भ्रमणको सिफारिस गर्न प्रेरित गरिने छ ।
सङ्घका सञ्जाल रहेका ७५ मुलुकमा बस्ने प्रत्येक नेपालीले नेपालको सांस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रकाबारेमा विदेशमा जानकारी गराएर तीनजना विदेशी नेपालमा पठाउन भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।
सो अभियान निरन्तर सञ्चालन गर्नका लागि नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले सहयोग गर्ने भट्टले बताउनुभयो । पर्यटकको नेपालप्रतिको पहिलो दृष्टिकोण बन्ने विमानस्थल, होटल, ट्रेकिङ रुट, सम्पदा क्षेत्र तथा किनमेल केन्द्रमा समेत पर्यटकप्रति सकारात्मक व्यवहार र मुस्कानसहितको सेवा उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता