
काठमाडौँ, २३ चैत । तराई–मधेसका २३ जातीय सङ्गठनले मधेसी जनताको मागलाई सम्बोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन नहुने बताएका छन् ।
सरकार, प्रमुख दल र आन्दोलनरत समूहसँग समन्वय गर्न मञ्चका रुपमा स्थापित मधेसी जातीय समन्वय समाजले आज यहाँ पत्रकार सम्मेलन गर्दै मधेसको समस्या हल नगरी निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनरावृत्तिको षड्यन्त्र भएको बताएका हुन् ।
मधेस जातीय समन्वय समाजका प्रतिनिधि भुवनेश्वर यादवले संविधान संशोधन नगरी निर्वाचन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन नगरी चुनावमा जानु भनेको मधेसी जनतालाई मार्नु जस्तै हो, त्यसैले चुनाव हुनुअघि नै संशोधन प्रस्ताव पारित गर्न सरकार गम्भीर हुनुपर्छ ।”
समाजले मधेसमा विद्यमान सबै किसिमका विभेदसँग आफूहरुको सरोकार रहेकाले स्थानीय तहको निर्वाचन र मधेसी मोर्चाको बहिष्कारबीच समन्वय गरेर मधेसी जनतालाई अधिकार सम्पन्न गराएर निर्वाचनमा जानुपर्ने स्पष्ट पारेको छ ।
समाजका प्रतिनिधि डा अशोक महासेठले पनि मधेसको समस्या राष्ट्रिय समस्या भएको हुँदा यसलाई समाधानका लागि सकारात्मक पहल गर्नु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसस्था, कूटनीतिक निकाय, सञ्चार जगत र आम जनताले भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो ।
दशबुँदे मागसहित प्रमुख दलका शीर्ष नेताको ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै समाजले यथास्थितिमा निर्वाचनमा गएर कठोर निर्णय लिन बाध्य हुने चेतावनी दिएको छ ।
‘हिन्दूराष्ट्र पुनःस्थापना गराएरै छाड्छौँ’
नेपाल हिन्दूराष्ट्र पुनःस्थापना केन्द्रका संस्थापक अध्यक्ष विष्णुप्रसाद बरालले नेपालमा हिन्दूराष्ट्र पुनःस्थापित गराएरै छाड्ने बताउनुभएको छ ।
आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले देशमा ९४ प्रतिशत जनता हिन्दू भएकाले धर्म निरपेक्षता खारेज गराएरै छाड्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हिन्दूको बाहुल्यता रहेको मुलुकमा धर्म निरपेक्षता लागू गर्नु भनेको दुर्भाग्य हो । तत्काल हिन्दू राज्य बनाइएन भने नेपालको हालत पाकिस्तानको जस्तै हुन्छ ।”
नेपाललाई हिन्दू राष्ट्र बनाउने योजनाअनुसार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशमा योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाएको उहाँको दाबी थियो ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय