चितवन, २२ चैत । सडक विस्तारको काम भइरहेका नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भित्तो काटिएका ठाउँमा सचेतता अपनाउनुपर्ने देखिएको छ ।
साँघुरा सडक भएका ठाउँमा विस्तारका लागि अग्ला डाँडाको भित्तो काटेर सडक विस्तार गरिँदैछ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट मुग्लिनतर्फ १६ किमी दूरीमा दुई सय मिटर, २२ किमी घुमाउनेमा दुई सय मिटर र कालीखोलादेखि मुग्लिनसम्मको तीन दशमलव पाँच किमी सडकको भित्तो काटेर फराकिलो बनाइँदैछ । ती ठाउँमा बढीमा ६० मिटरसम्म अग्लो ठाउँबाट भित्तो काटेर सडक फराकिलो बनाइँदैछ ।
कालीखोलाबाट मुग्लिनसम्मको सडक हाल ५ दशमलव पाँच मिटरमात्रै फराकिलो छ । उक्त ठाउँमा नौ मिटर चौडा बनाउनुपर्ने हुन्छ । जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताउनुभयो । सो क्रममा चट्टान झर्न सक्ने, थर्किएर पहिरो खस्न सक्ने सम्भावना रहेको प्राविधिक बताउँछन् ।
हिजोमात्रै घुमाउनेमा खसेको चट्टानी पहिरोले अरु सजगता अपनाउनुपर्ने सङ्केत गरेको छ । उक्त पहिरोले पाँचवटा सवारीका साधनलाई पुर्दा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । खनालले अप्रत्यासित रुपमा पहिरो खसेको बताउनुभयो ।
सो क्षेत्रमा ४८ मिटर माथिबाट भित्तो काट्ने काम भइरहेको छ । दुईवटा लोडर र दुईवटा एक्साभेटर प्रयोग गरेर खन्ने काम भइरहेको क्षेत्रमा पहिरो खसेको हो । सडकबाट करिब २० मिटर माथिबाट चट्टानको ढिस्को झरेको उहाँले बताउनुभयो । तीन चार दिनदेखि परेको पानी चट्टानभित्र पसेर ढिस्को झरेको अनुमान गरिएको छ ।
सो आयोजनाका प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवले पानी पर्दा र नपर्दा भित्तो काटिएको ठाउँमा सावधानी अपनाउनै पर्ने बताउनुभयो । जबसम्म भित्तो काटिएका ठाउँमा घाँस पलाउँदैन तबसम्म खतरा रहिरहने भन्दै उहाँले धेरै डराउनुपर्ने तर सावधानी भने अपनाउनै पर्छ भन्नुभयो ।
नयाँ भित्तो काटिएका ठाउँमा जहाँकहीँ जोखिम हुने भन्दै उहाँले हावाहुरी र बढी सुख्खा हुँदासमेत ती क्षेत्रमा ढुङ्गा र पहिरो खस्न सक्ने हुँदा सावधानी अपनाएरमात्रै यात्रा गर्न उहाँले आग्रह गर्नुभयो । सकेसम्म कम जोखिम होस् भन्नका लागि झर्न लागेका ढिस्का झारेर सडकलाई कम जोखिम बनाउन लागिपरेको उहाँले बताउनुभयो ।
यसअघि नै आयोजनाले साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आइरहेको छ । आउँदो पुस महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उहाँले बताउनुभयो ।
सो सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी साधन आवातजावत गर्ने गर्छन् ।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय