
निर्वाचन आयोगले आगामी निर्वाचनमा लागि प्रयोगमा ल्याउन लागेको मतदाता परिचयपत्र छपाइ र लेमिनेशन गरेपछि तयारी भएको पत्र सञ्चारकर्मीलाई देखाउदै आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २१ चैत । निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ ।
कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गर्नुभएको हो ।
छपाइको जिम्मा पाएको ‘ओमनी ग्रुपले’ मतदाता परिचयपत्रको काम १० दिनमा पूरा गर्ने ग्रुपका संयोजक कुल हरिले जानकारी दिनुभयो ।
मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उहाँले बताउनुभयो ।
परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ । त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ ।
दैनिकरुपमा १० देखि १४ लाखसम्म परिचयपत्र तयार हुने जानकारी दिइयो । यसपटकको मतदातापत्र विगतको तुलनामा निकै गुणस्तरयुक्त र सुरक्षित रहेको आयोगले दाबी गरेको छ । यो परिचयपत्र १० वर्षसम्म सहजै प्रयोग गर्न सकिने बताइएको छ ।
निर्वाचनका लागि आइतबार आयोगले मतदाताको सङ्ख्या यकिन भएसँगै नामावली र परिचयपत्र छपाइको काम धमाधम सुरु भएको हो ।
यी दुवै कार्यले मतदाता, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको थप सुनिश्चितता प्रदान गरेको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम आइतवार नै स्वीकृत गरेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश