
गोल्ड क्वेष्टस्थित रोबिना अस्पतालको पार्किंग क्षेत्रमा छिरेको बाढी । साइक्लोन डेबीले दक्षिण पूर्वी क्वीन्सल्याण्ड नराम्ररी प्रभावित भएको छ । तस्विरः एएफपी
अस्ट्रेलिया, १७ चैत । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण बिहीबार पनि कठिनाई भएको यहाँको प्रहरीले बताएको छ ।
गत मङ्गलबार डेवी नामको तूफान आउँदा क्वीन्सल्यान्ड राज्यको वोवेन र एअरलीबीच बीचको क्षेत्रमा रुखहरु लडेका, डुङ्गाहरु बगेका र व्यापक क्षति पुगेको थियो ।
सिड्नीबाट पूर्वमा अवस्थित सामुद्रिक तटमा आँधीपछि लगातार वर्षा भएको र यसका कारण कटिपय नदीकिनारमा रहेका बस्तीहरु समेत जलमग्न भएका छन् ।
आँधीपछि परेको वर्षाले क्वीन्सल्यान्डको राजधानी ब्रिसवनमा औसत एक महिनामा पर्ने वर्षाभन्दा बढी रहेको पाइएको अस्ट्रेलियाली मौसमविद्ले जनाएका छन् ।
आँधी र मुसलधारे वर्षाका कारण क्वीन्सल्यान्डका मनोरञ्जन पार्क र तटक्षेत्रलाई बन्द गरिएको छ ।
क्वीन्सल्यान्ड धेरै ठूलो राज्य भएको र विशाल मौसमी अवस्थाका कारण राज्यका धेरै क्षेत्रमा अस्तव्यस्त बनेको क्वीन्सल्यान्डका प्रधानमन्त्री अनास्टासिया पालास्नुकले बताउनुभयो ।
क्वीन्सल्यान्डका अधिकारीले तटीय क्षेत्र वरपर समुद्रबाट आएका सार्क (खतरनाक शिकारी माछा) लाई धपाइएको बताउँदै विस्तारै पानीमा झरी सुरक्षित स्थलतिर लाग्न अनुरोध गरेका छन् ।
आँधी र वर्षाका कारण कसैको मृत्यु भएका खबर भने समाचार तयार पार्दासम्म आएको छैन ।
आँधी र मुसलधारे वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस बस्ती छाडेर उच्च क्षेत्रमा शरण लिन पुगेका छन् ।
अस्ट्रेलियाको सेनाले आँधीले खडा गरेका अवरोध हटाउन ठूलो सङ्ख्यामा सैनिकलाई परिचालित गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने