काठमाडौँ, १७ चैत । नेपाल–भारत प्रबुद्ध समूहको बैठक यही चैत २३ र २४ गते यहाँ हुने भएको छ ।
प्रबुद्ध समूहको तेस्रो बैठक बस्ने मिति तय भएको समूहका सदस्य सांसद डा राजन भट्टराईले राससलाई जानकारी दिनुभयो । गत जनवरीमा बस्नुपर्ने बैठक स्थगन भएर पुनःबस्न लागेको हो । पहिलो बैठक गत जुलाइ र दोस्रो अक्टोबरमा भएको थियो । तेस्रो बैठकका समयमा भारतमा निर्वाचन परेकाले बैठक सरेको थियो । हरेक तीन महिनामा बैठक आयोजना हुन्छ ।
बैठकमा सन् १९५० को नेपाल–भारत सन्धि, दुई देशबीच जलस्रोत, व्यापार, पारवहन तथा सामाजिक सांस्कृतिकलगायत विषयमा छलफल हुने डा भट्टराईले बताउनुभयो । प्रबुद्ध समूहमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वमन्त्री नीलाम्बर आचार्य, पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्याय र परराष्ट्रविद् डा राजन भट्टराई तथा भारतबाट भगतसिंह कोसियारी, डा महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद हुनुहुन्छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय