चौतारा, १७ चैत । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।
आगामी बडादसैँसम्म राजधानीवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो । हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २.१ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।
सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ । सो खण्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेको हुँदा सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताउनुभयो ।
हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता