काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेटमा नेपालले अमेरिकालाई १० रनले पराजित गरेको छ। पानीले प्रभावित खेलमा प्रतिउत्तर ब्याटिङ गरेको नेपालले डकवर्थ लुइस नियमअनुसार अमेरिकालाई पराजित गरेको हो। 
जीतसँग राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको अंक तालिकामा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । युगान्डासँग बराबरी अंक भएपनि नेट रन रेटको आधारमा शीर्ष स्थान प्राप्त गरेको हो। सोमबार अमेरिकासँग भएको खेलमा पानी परेपछि मंगलबार पुन: खेल खेलाइएको हो।
मंगलबार क्वालालम्पुरको किनरारा मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनाएको थियो। २ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट ७३ रन बनाएको पछि पानीको कारण खेल स्थगित भएको थियो। त्यसपछि डकबर्थ लुइस नियमअनुसार नेपालले खेल जितेको घोषणा गरिएको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। पहिलो टकेर खेलेका खकुरेलले डकवर्थ नियमानुसार आवश्यक पर्ने रन जुटाउन अन्तिम ओभरमा आक्रमक ब्याटिङ गरेका थिए। नेपालले बुधबार आयोजक मलेसियासँग खेल्ने छ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर