
प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्तापछि विभिन्न प्रजातिका सात घोडा हस्तान्तरण गर्नुहुँदै । तस्बिर ः सौजन्य–रक्षा मन्त्रालय, रासस
काठमाडौँ, १६ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँग समेत भेट गर्नुभएको थियो । उहाँ प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मङ्गलबार चारदिने भ्रमणका लागि यहाँ आउनुभएको हो ।
भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गर्नुभयो । त्यसअघि भारतीय सेनाध्यक्ष रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुभएको थियो । जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता