
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर, १० चैत । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको कार्यविधि तथा मापदण्ड तयार पार्दै सिङ्गो पार्टी निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ ।
बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा आज बसेको पार्टी स्थायी समितिको बैठकले एमालेले निर्वाचन अभियानलाई तीव्रता दिने निर्णय गरेको हो । पार्टीका एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आजको बैठकले एमालेले अब सिङ्गो पार्टी पङ्क्ति स्थानीय तहको निर्वाचनमा खटाउने निर्णय गरेको तथा गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी तत्कालै गठन गरी निर्वाचन अभियानलाई तीव पार्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले प्रदेश नं २ मा चैतभर प्रदेशस्तरमा विस्तारित भेला, जिल्लास्तरमा कार्यकर्ता भेला र गाउँ नगरस्तरमा जनसभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने कार्यविधि एवम् मापदण्डसमेत तयार पारिएको छ । गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने छ ।
नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धमा भने कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र उपमहानगरपालिका एवम् महानगरपालिकाको उम्मेदवारको टुङ्गो सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने गरी कार्यविधि तयार गरिएको उहाँले बताउनुभयो । त्यसैगरी एमालेले पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकालाई मात्रै उम्मेदवार बनाउने र उम्मेदवारी समावेशी बनाउने भएको छ ।
त्यस्तै सरकारले निर्वाचन आचारसंहिता विपरीत सरुवा, बढुवा, बजेट विनियोजन गर्नेजस्ता निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै बैठकमा आपत्ति पनि जनाइएको छ । बैठकले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्रदेश नं २ मा स्थगित अभियानलाई आगामी वैशाख १ गतेदेखि सुरु गरिने भएको छ । एमालेले पार्टीमा नयाँ प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बैठकले निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई पुनःआह्वान गरेको छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय