काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री अन्तर्गत नेपाल र अमेरिकाबीच सोमबारको खेल रद्द भएको छ। वर्षाका कारण ३० ओभरमा छुट्टाइएको खेल ७ ओभरभन्दा अघि नबढेपछि खेल रद्द भएको हो। मंगलबार पुन सोही मैदानमा शुरुदेखि दुवै देशबीच खेल हुने छ । ३० ओभरमा १ सय ६० रनको लक्ष्य पछ्याएको नेपालले शुरुमै तीन विकेट गुमाएर संकटमा परेको थियो। यसअघि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगतामा अमेरिकाले नेपाललाई २ सय ५ रनकै लक्ष्य प्रस्तुत गरेको छ। क्वलालपुरमा भएको खेलमा टस जितेर अमेरिकाले ब्याटिङ गरेको थियो। अमेरिकाले शुरुको २७ ओभरमा १ सय ३४ रन बनाएको छ। तर ४ड औ ओभरमा अमेरिका अल आउट हुदै २ सय ४ रन मात्रै बनाउनु सक्यो। 
अमेरिका नौ विकेट ६८ रनमा झरेको छ। पहिलो विकेट २४ रनमा गुमाएको अमेरिकाका लागि स्टिभ महिसा र फहद बाबरले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। ६० बलमा ७४ रनको पारी खेलेका मसिहाले ४७ रन बनाएका बाबरसँग दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै नेपालविरुद्ध ठूलै स्कोर खडा गर्ने संभावना देखाएका थिए। २८ औ ओभरमा सागर पुनले बाबरलाई सुवास खकुरेलबाट स्टपिङ गराएपछि अमेरिकाको पतन शुरुवात भएको थियो।
नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले २-२ विकेट लिए। अमेरिकाको एक खेलाडी रन आउट भएका थिए। राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा तीन खेलमा अमेरिकाले दुई वटामा पराजित भएको छ भने नेपालले दुई वटा जितेको छ। यो प्रतियोगितााको शीर्ष दुई स्थानमा रहने टोली डिभिजन टुमा बढुवा हुने छ भने पुच्छारमा रहेका टोली डिभिजन फोरमा रेलिगेट हुने छ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग