काठमाडौं। मलेसियामा जारी आइसिसी डिभिजन थ्री अन्तर्गत नेपाल र अमेरिकाबीच सोमबारको खेल रद्द भएको छ। वर्षाका कारण ३० ओभरमा छुट्टाइएको खेल ७ ओभरभन्दा अघि नबढेपछि खेल रद्द भएको हो। मंगलबार पुन सोही मैदानमा शुरुदेखि दुवै देशबीच खेल हुने छ । ३० ओभरमा १ सय ६० रनको लक्ष्य पछ्याएको नेपालले शुरुमै तीन विकेट गुमाएर संकटमा परेको थियो। यसअघि नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगतामा अमेरिकाले नेपाललाई २ सय ५ रनकै लक्ष्य प्रस्तुत गरेको छ। क्वलालपुरमा भएको खेलमा टस जितेर अमेरिकाले ब्याटिङ गरेको थियो। अमेरिकाले शुरुको २७ ओभरमा १ सय ३४ रन बनाएको छ। तर ४ड औ ओभरमा अमेरिका अल आउट हुदै २ सय ४ रन मात्रै बनाउनु सक्यो। 
अमेरिका नौ विकेट ६८ रनमा झरेको छ। पहिलो विकेट २४ रनमा गुमाएको अमेरिकाका लागि स्टिभ महिसा र फहद बाबरले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। ६० बलमा ७४ रनको पारी खेलेका मसिहाले ४७ रन बनाएका बाबरसँग दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै नेपालविरुद्ध ठूलै स्कोर खडा गर्ने संभावना देखाएका थिए। २८ औ ओभरमा सागर पुनले बाबरलाई सुवास खकुरेलबाट स्टपिङ गराएपछि अमेरिकाको पतन शुरुवात भएको थियो।
नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मी, शक्ति गौचन र सागर पुनले २-२ विकेट लिए। अमेरिकाको एक खेलाडी रन आउट भएका थिए। राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा तीन खेलमा अमेरिकाले दुई वटामा पराजित भएको छ भने नेपालले दुई वटा जितेको छ। यो प्रतियोगितााको शीर्ष दुई स्थानमा रहने टोली डिभिजन टुमा बढुवा हुने छ भने पुच्छारमा रहेका टोली डिभिजन फोरमा रेलिगेट हुने छ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा