पर्सा, ६ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल पर्साले आज पोखरियामा अयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो — “संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद्बाट पारित भएपछि मात्र तराइ मधेसमा निर्वाचनको वातावरण निर्माण हुन्छ ।”
अध्यक्ष यादवले मधेसी, मुस्लिम, दलित जनजातिलगायत उत्पीडित वर्गको मागलाई सम्बोधन नगरी सरकारले जबर्जस्ती रुपमा निर्वाचन लाद्न खोजे त्यसो कडा विरोध गर्ने बताउँदै जनतालाई अधिकारबाट वञ्चित गरी गर्ने भनिएको निर्वाचन आफ्नो दल र मधेसी मोर्चालाई स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभयो ।
एमाले हठका कारण सप्तरी घटना भएको आरोप लगाउँदै उहाँले भन्नुभयो — “अन्धो राष्ट्रभक्तिका नाममा एमाले समुदाय समुदायबीच भिडन्तको अवस्था सिर्जना गराउन खोजेको छ ।”
सो अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् सांसद लालबाबु राउत गद्दी, सांसद वीरेन्द्र महतो, उद्योगपति विजय सरावगी, निर्माण व्यवसायी हरिनारायण रौनियार लगायतका वक्ताले संविधानलाई सर्वस्वीकार्य बनाउन संसद्मा दर्ता भएको संशोधन प्रस्ताव परिमर्जनसहित पारित गराउनका लागि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएकालाई अध्यक्ष यादवले फूलको माला र अबिरको टीका लगाइ पार्टीमा स्वागत गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता