काठमाडौँ, ५ चैत । पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले संविधानप्रदत्त वैचारिक स्वतन्त्रताअनुसार पार्टीको विधानमा सो विषय समावेश गरिएकाले त्यसलाई निर्वाचन आयोगले खारेज गर्ने निर्णयका विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त बैठकले यही चैत ७ गते देशभरका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा चैतको तेस्रो हप्तादेखि हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दबाब दिन सडक सङ्घर्षका साथै धर्मनिरपेक्षता खारेजी र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीको प्रस्तावनामा संविधानप्रति प्रतिवद्ध रही सर्वधर्म समभावसहित हिन्दू राष्ट्र कायम गरी संवैधानिक राजसंस्था लोकतन्त्रको मान्यता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा