काठमाडौँ, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।
पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ ।
राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए ।
गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले सो विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा