लन्डन । देउसी भैलो खेल्नुका आ आफ्नै उद्देश्य हुन्छन् । कसैलाई केवल मनोरञ्जन गर्न यो जुक्ति उत्तम लाग्छ भने कसैलाई सामूहिक भलाइको उद्देश्यमा उपयोग गर्न । लन्डनवासी तमुहरुमाझ आफ्नो बेग्लै वर्चश्व बनाएको तमु समाज यूकेले भने
२३, २४ र २५ अक्टोवर तीन दिन धुमधामसंग देउसी भैलो खेल्यो सामाजिक भवन खरिदका लागि सहयोग जुटाउन ।
केही वर्षदेखि सामाजिक भवन खरिद गर्ने महत्वकांक्षा लिएर यसमा क्रियाशील समाजले तीन दिनको देउसी भैलोबाट करिब ५ हजार पाउण्ड संकलन गरेको छ । सबैको घर घर जान सम्भव नभएपनि सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर सहयोग प्रदान गरेका थिए । कतिपयले अनलाइनबाट पनि रकम सहयोग गरिरहेका समाजले जनाएको छ । यसअघि यही हाउजिङ प्रोजेक्टका लागि संस्थाले करिब ८० हजार पाउण्ड जुटाइसकेको छ ।
तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङ निवास अल्पर्टनबाट शुरु भएको देउसी भैलो कार्यक्रम पहिलो दिन अल्पर्टन र वेम्ली आसपासमा खेलिएको थियो ।
दोश्रो दिन ह्यारो क्षेत्र र अन्तिम दिन बन्र्टओक गएर समापन गरियो । बन्र्टओक क्षेत्रमा समाजकी पूर्व उपाध्यक्ष सुश्री टिका गुरुङको संयोजकत्वमा कार्यक्रम गरिएको हो ।
तमु पहिरनमा सजिएका समाजका कार्यसमिति सदस्यहरु, ज्येष्ठ नागरिक, आमा समूह र युथहरुको सक्रिय सहभागितामा देउसी भैलो परम्परागत शैलीमै खेलियो । तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङले सामाजिक भवन खरिद सहयोगार्थ बाहेक देउसी भैलो संस्कारलाई बेलायतमा पनि जीवन्त राख्न तथा सदस्य र शुभचिन्तकहरुबीच पारस्परिक सम्बन्ध सुदृढ र मजवुत बनाउन खेलिएको जनाए ।
व्यवस्थित तवरमा खेलिएको उक्त देउसी भैलो विदेशीको समेत आकर्षणको केन्द्रमा रह्यो । अल्पर्टनस्थित नेपाली पसल जांदा समाजले सडक पेटीमै गरेको देउसी भैलोमा विदेशी समेत आएर नाचे अनि रमाइलो गरे ।
समाजले कार्यक्रम व्यवस्थित बनाउन सल्लाहकार अर्जुनकुमार गुरुङको संयोजकत्वमा आयोजक समिति नै बनाएको थियो जसमा सदस्यहरु आजीवन सदस्य संयोजक कन्या प्रसाद गुरुङ, ज्ञानबहादुर गुरुङ, सल्लाहकार सुश्री टिका गुरुङ, सल्लाहकार चन्द्रबहादुर गुरुङ र श्रीमती चन्द्र कुमारी गुरुङ सम्मिलित थिए ।
सन् २००७ सालदेखि निरन्तर चलिरहेको समाजको देउसी भैलो यस पाला दोश्रो दिन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको घरमा धुमधाम भएको थियो । तेश्रो दिन कोषाध्यक्ष केदार गुरुङको घरबाट शुरु गरेर आजीवन सदस्य श्रीमति शारदा गुरुङको घरमा समापन गरिएको अध्यक्ष गुरुङले जनाए ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा