लन्डन । देउसी भैलो खेल्नुका आ आफ्नै उद्देश्य हुन्छन् । कसैलाई केवल मनोरञ्जन गर्न यो जुक्ति उत्तम लाग्छ भने कसैलाई सामूहिक भलाइको उद्देश्यमा उपयोग गर्न । लन्डनवासी तमुहरुमाझ आफ्नो बेग्लै वर्चश्व बनाएको तमु समाज यूकेले भने
२३, २४ र २५ अक्टोवर तीन दिन धुमधामसंग देउसी भैलो खेल्यो सामाजिक भवन खरिदका लागि सहयोग जुटाउन ।
केही वर्षदेखि सामाजिक भवन खरिद गर्ने महत्वकांक्षा लिएर यसमा क्रियाशील समाजले तीन दिनको देउसी भैलोबाट करिब ५ हजार पाउण्ड संकलन गरेको छ । सबैको घर घर जान सम्भव नभएपनि सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर सहयोग प्रदान गरेका थिए । कतिपयले अनलाइनबाट पनि रकम सहयोग गरिरहेका समाजले जनाएको छ । यसअघि यही हाउजिङ प्रोजेक्टका लागि संस्थाले करिब ८० हजार पाउण्ड जुटाइसकेको छ ।
तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङ निवास अल्पर्टनबाट शुरु भएको देउसी भैलो कार्यक्रम पहिलो दिन अल्पर्टन र वेम्ली आसपासमा खेलिएको थियो ।
दोश्रो दिन ह्यारो क्षेत्र र अन्तिम दिन बन्र्टओक गएर समापन गरियो । बन्र्टओक क्षेत्रमा समाजकी पूर्व उपाध्यक्ष सुश्री टिका गुरुङको संयोजकत्वमा कार्यक्रम गरिएको हो ।
तमु पहिरनमा सजिएका समाजका कार्यसमिति सदस्यहरु, ज्येष्ठ नागरिक, आमा समूह र युथहरुको सक्रिय सहभागितामा देउसी भैलो परम्परागत शैलीमै खेलियो । तमु समाज यूके अध्यक्ष शिवशरण गुरुङले सामाजिक भवन खरिद सहयोगार्थ बाहेक देउसी भैलो संस्कारलाई बेलायतमा पनि जीवन्त राख्न तथा सदस्य र शुभचिन्तकहरुबीच पारस्परिक सम्बन्ध सुदृढ र मजवुत बनाउन खेलिएको जनाए ।
व्यवस्थित तवरमा खेलिएको उक्त देउसी भैलो विदेशीको समेत आकर्षणको केन्द्रमा रह्यो । अल्पर्टनस्थित नेपाली पसल जांदा समाजले सडक पेटीमै गरेको देउसी भैलोमा विदेशी समेत आएर नाचे अनि रमाइलो गरे ।
समाजले कार्यक्रम व्यवस्थित बनाउन सल्लाहकार अर्जुनकुमार गुरुङको संयोजकत्वमा आयोजक समिति नै बनाएको थियो जसमा सदस्यहरु आजीवन सदस्य संयोजक कन्या प्रसाद गुरुङ, ज्ञानबहादुर गुरुङ, सल्लाहकार सुश्री टिका गुरुङ, सल्लाहकार चन्द्रबहादुर गुरुङ र श्रीमती चन्द्र कुमारी गुरुङ सम्मिलित थिए ।
सन् २००७ सालदेखि निरन्तर चलिरहेको समाजको देउसी भैलो यस पाला दोश्रो दिन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको घरमा धुमधाम भएको थियो । तेश्रो दिन कोषाध्यक्ष केदार गुरुङको घरबाट शुरु गरेर आजीवन सदस्य श्रीमति शारदा गुरुङको घरमा समापन गरिएको अध्यक्ष गुरुङले जनाए ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन