
व्यवस्थापिका–संसदको मङ्गलबारको बैठकमा नाराबाजी गर्दै मधेसवादी दलका सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ ।
सभामुख ओनसरी घर्तीले संसद्को आजको बैठक प्रारम्भ भएको घोषणा गर्नुभए पछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गर्नुभयो ।
सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ-नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो– “सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ । मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलबाट बेवास्ता गरिएको छ ।”
नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएकामा उहाँको आपत्ति थियो ।
भैरहवामा पक्राउ परेका मोर्चाका कार्यकर्तालाई कुटेर यातना दिने काम भएको पनि उहाँले बताउनुभयो ।
स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउँदै सांसद कर्णले भन्नुभयो – “संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार गर्ने छैनन् ।”
उहाँले भन्नुभयो– “देश यस्तो जटिल अवस्थामा रहेको बेला सभामुखको महत्वपूर्ण भूमिका रहन्छ । अहिलेको सङ्क्रमणको हल निकाल्न सरकार र राजनीतिक दलबीच थप छलफल आरम्भ गराउन माग गर्दछौं ”।
मोर्चाको तर्फबाट आजको बैठक बहिष्कार गर्ने घोषणासँगसँगै उहाँ सदनबाट बाहिरिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा