भक्तपुर, १ चैत । मन्त्रिपरिषद्को फागुन २२ को निर्णय अनुसार भक्तपुरमा स्थानीय तह पुनःसंरचना भई काम सुरु भएको छ ।
जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिनाका साथै गाभिएका नगरपालिकामा नयाँ संरचना अनुरुप काम थालिएको छ ।
भक्तपुर जिल्ला समन्वय समिति र जिल्लाका चारै नयाँ नगरपालिकाले स्थानीय तह पुनःसंरचना अनुरुप कार्यालय स्थापना गरी काम सुरु गरेका हुन् । भक्तपुर जिल्ला समन्वय समितिले कार्यालयको छाप, बोर्ड, लेटरप्याड परिवर्तन गरी काम सुरु गरेको जिल्ला समन्वय समिति भक्तपुरका सचिव ध्रुवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँले चालु आर्थिक वर्षभित्र जिल्ला परिषद्ले पारित गरेका विषयलाई कार्यान्वयनमा लाने बताउनुभयो ।
स्थानीय तह पुनःसंरचनापछि भक्तपुरमा चारवटा नगरपालिका कायम भएको छ । यसअघि ६ वटा नगरपालिका रहेको यस जिल्लामा भक्तपुर नगरपालिका, मध्यपुरठिमी नगरपालिका पुरानै संरचनामा रहेका छन् ।
यी दुई नगरपालिकाको वडा कार्यालय भने परिवर्तन भएको छ । चार नयाँ नगरपालिकामध्येको अनन्तलिंगेश्वरलाई भने सूर्यविनायक नगरपालिकामा गाभेर सूर्यविनायक नगरपालिका र नगरकोट नगरपालिकालाई चाँगुनारायणमा गाभेर चाँगुनारायण नगरपालिका बनाइएको छ ।
चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ भुसालले गाभिएका नगरपालिकाका नयाँ निर्धारित वडा कार्यालयबाट काम सुरु भएको र त्यही अनुसार कर्मचारीलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाइएको बताउनुभयो ।
मध्यपुरठिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले स्थानीय तहको पुनःसंरचनापछि नयाँ संरचना अनुसारले काम सुरु भएको र कुनै पनि वडा तथा कार्यालयको काम नरोकिएको बताउनुभयो ।
भक्तपुरमा चारवटा नगरपालिकामा ३८ वडा कार्यालय निर्धारण गरिएका छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय