काठमाडौँ, १ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ ।
इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ ।
नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पनि उहाँ सहभागी हुने सो पार्टीले जनाएको छ ।
सोक्रममा डा भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नुहुनेछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक