काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुरयाउँदै आएको बताउनुभएको छ ।
मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उहाँको भनाइ छ ।
राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
उपराष्ट्रपति पुनको होली शुभकामना
काठमाडौँ, २९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरुका पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुरयाएको बताउनुभएको छ ।
होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले सप्तरङ्गी जस्तै रङ्गिन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
पहाड तथा तराई–मधेसमा भव्यताका साथ मनाइने यस पर्वले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीहरुलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सन्देश पनि दिएको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपालीमा रहेको अविश्वास हटाउँदै २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय