
समसायिक राजनीति अवस्थाबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत वर्तमान तथा पूर्व पदाधिकारीहरुको बैठक काँग्रेस संसदीय दल सिहदरवारमा बस्दै । तस्बिर ः प्रकाश सिलवाल, रासस
काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सत्ता गठबन्धनमा टिकाइ राख्न र संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको वर्तमान तथा पूर्व पदाधिकारीसहितको बैठकले मधेस आधारित दलबाट आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने चेतावनीका सम्बन्धमा छलफल गरी सो मोर्चालाई समीकरणमा निरन्तर कायम राख्न पहल गर्ने निर्णय गरेको हो ।
मोर्चाले आफूले उठाएको मागबमोजिम संविधान संशोधन हुनुपर्ने, स्थानीय निकायको निर्वाचनका कार्यक्रम फिर्ता र सप्तरी घटनाका दोषीमाथि कारबाही लगायतका विषयमा यही फागुन २५ गते ध्यानाकर्षण बुझाउँदै एकसाताभित्र माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन स्वतः काम नरहने जानकारी दिएको थियो ।
बैठकपछि काँग्रेस नेता रमेश लेखकले संविधान संशोधन विधेयक पारित गराउने प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलसँग पार्टीले वार्ता, संवाद र पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि पार्टीले पहल गर्ने बताउनुभयो ।
उक्त पदाधिकारी बैठक आगामी चैत १ गते पुनः बस्नेछ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने