
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुधबार काठमाडौँको सामाखुशी चोकदेखि माछापोखरी चोकसम्म गरेको मार्च पासमा सहभागी । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २५ फागुन । १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज सामाखुसी चोकदेखि माछापोखरी चोकसम्म मार्च पास गरिएको छ ।
सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउन्डेसन, युथ एड्भोकेसी नेपाल, प्रगतिशील महिला समाजलगायत आधा दर्जन सङ््घ संस्थाको सहभागितामा मार्चपास गरिएको हो ।
मार्चपास कार्यक्रमपछि बोल्नु हुँदै नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले संविधानले महिलाको हकअधिकारलाई प्रसस्त मात्रामा समेटेको भन्दै संविधान कार्यान्वयन गरेमात्र महिलाको हकअधिकार स्थापित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला हुनु संविधानको उपलब्धि हो ।”
उहाँले आधा जनसङ्ख्या रहेको महिला विस्तारै राज्यको प्रमुख निकायमा पुगेको भन्दै महिला आफ्नो अधिकारका लागि पछाडि हट्न नहुने बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता