
काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेला आयोजना गर्दैछ ।
आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा- सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।
यसैगरी बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने