काठमाडौँ, २४ फागुन । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको रयाली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो ।
सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ ।
सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा सङ्घीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ ।
गठबन्धनले सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोबारे ध्यानाकर्षण गराउँदै मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडा वर्ग आदिको समस्याबारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
बैठकले सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वानसमेत गरेको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय