
जिल्ला प्रशासन कार्यालय अगाडि रोकिराखिएको राष्ट्रिय मानव अधिकार आयोगको बा १६ च ७४७३ नंं.को गाडी मधेसी मोर्चाका कार्यकर्ताद्वारा तोडफोड । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
राजविराज (सप्तरी), २४ फागुन । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत प्रदेश नम्बर २ सप्तरीमा प्रहरीले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको विरोधमा आज सप्तरीको राजविराजलगायत अन्य सहरी तथा ग्रामीण क्षेत्र तनावग्रस्त रहयो ।
मधेसी मोर्चाका कार्यकर्ताको आनदोलनका कारण आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन एवम् विरोधका कार्यक्रमले गर्दा जनजीवन असामान्य रह्यो । बन्दका कारण शिक्षण संस्था, यातायात, कलकारखाना, उद्योग तथा बजार पूर्णरुपमा बन्द रह्यो ।
मधेसी मोर्चाका कार्यकर्ताकताले सोमबारको घटनाको छानबिनको माग र विरोध गर्दै सरकारी कार्यालयहरुमा ढुङ्गामुढा र आगजनी गरी क्षति पुरयाएका छन् ।
मोर्चाको कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नुको साथै दुई प्रहरी चेकपोष्टसहित एक सरकारी कार्यालयमा आगजनी र दुई सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
आक्रोशित मोर्चाका कार्यकर्ताले सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजको पश्चिमी गेटमा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट र कदमाहामा रहेको ट्राफिक प्रहरी चेकपोष्ट तथा स्थानीय शान्ति समितिको कार्यालय राजविराजमा आगजनी गरेका छन् ।
यस्तै प्रहरी र मोर्चा कार्यकर्ताबीच राजविराजको ठाउँठाउँमा झडपसमेत भएको बुझिएको छ । प्रर्दशनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले तीन राउन्ड आश्रुग्याससमेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोर्चाको कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड र राष्ट्रिय मानव अधिकार आयोगको बा ७ च ७४७३ नम्बरको गाडीमा समेत ढुङ्गामुढा गरेर तोडफोड गरेको बताइएको छ ।
घटनामा प्रहरीको गोली लागेर सप्तरी डिवनका ५५ वर्षीय दिगेम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका थिए । उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठिानमा उपचार भइरहेको छ ।
उच्चस्तरीय छानबिन समिति गठन गर्न माग
काठमाडौँ, २४ फागुन । दुई नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदहरुले तीन जनाको ज्यान जाने गरी सोमबार सप्तरीमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आज छुट्टाछुट्टै भेट गरी उनीहरुले घटनाका दोषीलाई कारबाही गर्न र गोली चलाउनेलाई निलम्बन गर्नसमेत माग गरेका छन् ।
घटनामा संलग्न दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको काँग्रेसका संसाद रञ्जित कर्णले जानकारी दिनुभयो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै स्थिति सहज बनाउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री निधिले घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।
काठमाडौँ, २४ फागुन । नयाँ शक्ति पार्टी नेपालले सप्तरीमा भएको घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
पार्टी संयोजक डा बाबुराम भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट आफू र आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गर्दै उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
मुलुकलाई देशभक्ति सहितको राष्ट्रिय एकता आवश्यक भएको औँल्याउँदै नयाँ शक्ति पार्टी राजनीतिक सहमति, राजनीतिक विश्वास र सहकार्यको पक्षमा रहेको संयोजक डा भट्टराईले विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा उहाँले ‘हामी समावेशी विकास र समृद्धिको पक्षमा छौँ, हामी हिमाल, पहाड र तराई मधेसलाई भावनात्मक एकतामा बाध्न चाहान्छौँ, यसर्थ नै हाम्रो आह्वान छ कि असमझदारी, टकराव र विभाजनलाई कहीँकतैबाट प्रोत्साहित नगरौँ’ भन्नुभएको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय