लन्डन । मिस यूके नेपाल २०१४ सुन्दरीहरु एउटा भिन्न च्यारिटी कार्यक्रम गर्न जुटेका छन् । करिब दुई महिना अघि सम्पन्न प्रतियोगितामा हार जित वेवास्ता गर्दै उनीहरु सामूहिक रुपमा ‘ब्यूटी वीथ अ परपोज’ नामक च्यारिटी गर्न लागेका हुन् । ‘ब्यूटी वीथ अ परपोज’ नामक च्यारिटी हुन लागेको यो चौंथो पटक हो । मिस यूके नेपाल प्रतियोगिताकी आयोजक शान्ति गुरुङको यो परिकल्पनालाई धेरैले प्रशंसा गर्दै आएका छन् ।
आगामी नोभेम्बर ८ तारिख सांझ ह्यारो बरो फुटबल क्लव हलमा कार्यक्रम तय गरिएको छ । यसवर्षकी मिस यूके नेपाल निया देवानले च्यारिटीबाट संकलित रकम नेपालमा चेलिबेटी वेचविखन विरुद्ध कार्यरत संस्था माइती नेपाललाई दिइने जनाइन् ।
‘गुड कज’ भएकाले कार्यक्रममा सहभागी भएर आर्थिक सहयोग गरिदिन सुन्दरीहरुले आग्रह गरेका छन् । टिकट मुल्य दश पाउण्डमात्र छ । कार्यक्रममा सुन्दरीहरुले आ आफ्नो कला प्रस्तुत गर्नेछन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा