बुटवल, १८ फागुन । रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन् ।
सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् ।
ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ । यी सडक योजनाको लागत रु एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।
यस्तै सैनामैना–१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब रु १४ करोड ६० लाख पाँच हजार ४४४ को लागतमा निर्माण गरिने भएको छ । एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५-०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ ।
यो पुलले सैनामैनालाई दानव नदीपारिको ग्रामीण क्षेत्रसंग जोड्नुका साथै भैरहवा, अन्तर्राष्ट्रिय विमानस्थलबाट नहरपुर बेलबास बेथरी सडक हुँदै सिधा अन्तर्राष्ट्रियस्तरको सम्पर्क बढाउने विश्वास गरिएको छ ।
क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ । रु ६९ करोड ९८ लाख ९९ हजार ४५९ को लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४-०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।
यस्तै मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ । यो सडकको बजेट रु ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो ।
यस्तै,रामापुर–लुम्बिनी सडक निर्माणका रु नै करोड ७० लाख ५२ हजार ३२८ मा बोलपत्र स्वीकृत भएको छ । क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४-०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ ।
निर्माण सुरु गरिएका यी योजनाको पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेलले मङ्गलबार एकै दिन शिलान्यास गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी