
काठमाडौँ, १७ फागुन । सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन थपेको छ ।
समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको समस्या हल गर्ने र प्राप्त गुनासालाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो ।
यसअघि सरकारले प्रतिवदेन अध्ययन गरी सुझाव दिन स्थानीय विकासमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी एक साताको समय दिएको थियो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको रु १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
साथै सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने र सरकार तथा निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ ।
बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने र विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता