
प्रधानमन्त्री पुष्पकमल दाहाल हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा ग्याल्बो ल्होसार कार्यक्रममा आयोजित सम्मनित हुनुभएका हास्य कलाकार लगायत अन्यसँग सामूहिक तस्बिर खिचाउँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताउनुभएको छ ।
दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसारका अवसरमा आज हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा उहाँले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताउनुभयो ।
“सबै जातजाति भाषाभाषीको एकीकृत रुपले नै नेपाल विश्वमा चिनिन्छ, शेर्पा जातिले हिमाल चढ्न विश्व कीर्तिमान कायम गरेकाले शेर्पा जातिका कारण पनि नेपाल विश्वमा परिचित छ”, उहाँले भन्नुभयो । धेरै जातजाति र भाषाभाषी भएकैले नेपाल सबैको साझा फूलबारी बनेको प्रधानमन्त्री दाहालले बताउनुभयो । “सबै जातजाति र भाषाभाषीको एकताले मात्र राष्ट्रिय एकता बलियो हुन्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ग्याल्बो ल्होसारका अवसरमा हिमालयन सांस्कृतिक केन्द्रले राजधानीको सिफलचौरमा आयोजना गरेको कार्यक्रममा हास्य कलाकार दिपकराज गिरिलाई सम्मान गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
कार्यक्रममा पूर्वमन्त्री एवम् सांसद कृपासुर शेर्पाले हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिका लागि शेर्पा प्रदेश दिइनुपर्ने माग गर्नुभयो । पूर्वसांंसद वाङ्छु शेर्पा, वरिष्ठ चलचित्र निर्देशक यादव खरेल, कार्यक्रम संयोजक एलडी लामा शेर्पा, प्रा श्यामसुन्दर शेर्पालगायतले शेर्पा जातिको मौलिक संस्कृतिका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रु ३१ हजार राशिको ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट हास्य कलाकार वसुन्धरा भुसाल, रु १० हजार राशिको ‘साम्दे शेर्पा प्रतिभा पुरस्कार’ बाट हास्य कलाकार दीपकराज गिरी र रु १० हजार राशिकै ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट गायक ल्हाक्पा शेर्पालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रा श्यामसुन्दर शेर्पाले लेख्नुभएको ‘शेर्पा जातिको भाषा र संस्कृति’सम्बन्धी पुस्तक विमोचन गरियो । कार्यक्रममा शेर्पा जातिको मौलिक स्याब्रु नृत्य प्रदर्शन गरिएको थियो । सो अवसरमा प्रतियोगितात्मक स्याब्रु नृत्य प्रतियोगिताका विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता