काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सनातन परम्परा, हिन्दू सभ्यता र वैदिक मान्यता नै नेपालको राष्ट्रिय पहिचान भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–२ स्थित कामतानाथ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा मन्दिरको आज उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाली परम्परा, संस्कार तथा प्राचीन मूल्य मान्यता अहिले सङ्कटमा परेकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले विदेशी शक्तिले मुलुकको धर्म संस्कृतिलाई कमजोर बनाएर राष्ट्रलाई सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र गरेको बताउँदै देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि धर्म, संस्कृति र परम्परालाई मेटाउन नहुनेमा जोड दिनुभयो ।
नेकपा (एमाले) का सांसद रामेश्वर फुँयालले धर्म, संस्कृति तथा प्राचीन सभ्यताको रक्षा गरेर मात्र मुलुकको सामाजिक सद्भाव र एकता कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । स्व भक्तबहादुर खडकाको स्मरणमा उहाँको परिवारजनले सो मन्दिर निर्माण गर्नुभएको हो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता