काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको छ । निकै लामो समयपछि बोलाइएको संसद्को हिजोको बैठक पनि सूचना टाँसेरै स्थगित गरिएको थियो ।
प्रमुख दलबीच संविधान संशोधन कि निर्वाचनको मिति घोषणा पहिले भन्ने विवादका कारण पछिल्लो समय संसद्को बैठक अवरुद्ध हुँदै आएको हो ।
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको भए पनि संविधान संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा आउने परिणामलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वीकार गर्ने प्रतिबद्धता नआएसम्म प्रस्ताव अघि बढाउन नहुने प्रतिपक्षको अडानका कारण आजको संसद्को बैठक प्रभावित भएको बुझिएको छ ।
विशेष कारण जनाउँदै स्थगन गरिएको संसद्को अर्को बैठक भोलि बिहीबार दिनको ३ बजे बस्ने छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता