
बाग्लुङका १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ओसन नामक गाडी भृकुटीमण्डपको परिसरमा सार्वजनिक गर्दै । तस्बिरः कृष्णराज गौतम, रासस
काठमाडौँ, ९ फागुन । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो ।
सो अवसरमा सुनारले भन्नुभयो, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।”
सुनारले थप्नुभयो, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरे हामी जस्ता केही गर्न चाहने युवाले स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ ।”
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार