काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट र बल दुवैमा चम्किएपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा ठूलो जीत हासिल गरेको छ। क्वाललम्पुरको सेलान्गोर टर्फ क्लबमा १ सय १ रनको लक्ष्य ६७ बलमै २ विकेट गुमाएर भेटाएपछि नेपालले नेट रन रेट समेत सुधार गरेको छ।
शुक्रबार टस हारेर ब्याटिङ गर्न उत्रिएको बर्मुडाले ४० ओभर १ बलमा अल आउट हुँदै सय रन मात्रै बनाउन सक्यो।
नेपालका लागि अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २-२ विकेट लिएका थिए। सोमपाल कामी र सागर पुनले १-१ विकेट लिएका थिए। बर्मुडाका दुई खेलाडी रन आउट भएका थिए।
नेपाली बलिङ आक्रमण सामु निरिह बनेको बर्मुडाका चार ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाउन सके।
प्रतिउत्तर नेपालले निकै आक्रमक ब्याटिङ प्रदर्शन गर्यो। नेपालका लागि सुवास खकुरेलले २२ बलमा ३० रन, विनोद भण्डारीले ३१ बलमा नन आउट ४३ रन, पारस खड्काले ७ बलमा १४ रन बनाए। ओपनिङ ब्याट्सम्यान नरेश बुढाऐरले ७ बलमा ६ रन बनाएर आउट भए। भण्डारी म्यान अफ द म्याच घोषित भए।
यसअघि बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युगान्डासँग २० रनले पराजित भएको थियो। राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा नेपालले आइतबार सिंगापुर र सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने