काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट र बल दुवैमा चम्किएपछि मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा ठूलो जीत हासिल गरेको छ। क्वाललम्पुरको सेलान्गोर टर्फ क्लबमा १ सय १ रनको लक्ष्य ६७ बलमै २ विकेट गुमाएर भेटाएपछि नेपालले नेट रन रेट समेत सुधार गरेको छ।
शुक्रबार टस हारेर ब्याटिङ गर्न उत्रिएको बर्मुडाले ४० ओभर १ बलमा अल आउट हुँदै सय रन मात्रै बनाउन सक्यो।
नेपालका लागि अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले २-२ विकेट लिएका थिए। सोमपाल कामी र सागर पुनले १-१ विकेट लिएका थिए। बर्मुडाका दुई खेलाडी रन आउट भएका थिए।
नेपाली बलिङ आक्रमण सामु निरिह बनेको बर्मुडाका चार ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाउन सके।
प्रतिउत्तर नेपालले निकै आक्रमक ब्याटिङ प्रदर्शन गर्यो। नेपालका लागि सुवास खकुरेलले २२ बलमा ३० रन, विनोद भण्डारीले ३१ बलमा नन आउट ४३ रन, पारस खड्काले ७ बलमा १४ रन बनाए। ओपनिङ ब्याट्सम्यान नरेश बुढाऐरले ७ बलमा ६ रन बनाएर आउट भए। भण्डारी म्यान अफ द म्याच घोषित भए।
यसअघि बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन युगान्डासँग २० रनले पराजित भएको थियो। राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा नेपालले आइतबार सिंगापुर र सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम