काठमाडाँै, ६ फागुन । त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका आज सार्वजनिक गरेको छ ।
स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराउनुभयो । यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।
उहाँले अब नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन कार्यतालिका अनुसार सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया यही फागुन ११ गते देखि सुरु हुँदैछ । सो दिन निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान गरिने छ ।
रजिस्ट्रार उप्रेतीले निर्वाचन कार्यतालिका सुरु भएका क्याम्पसमा पहिलेकै प्रक्रिया मान्दै बाँकी नयाँ कार्यतालिकानुसार बढ्ने बताउनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) लगायत केही विद्यार्थी सङ्गठनको विरोधका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको हो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत