
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत ब्रसेल्समा आयोजित शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदै । तस्बिर ः तस्बिर ः नेपाली राजदूतावास, बेल्जियम-रासस
काठमाडौँ, ४ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले गएको दशकमा प्राप्त गरेको शान्ति प्रक्रियाको सफलता र अनुभव विश्वका लागि एक उदाहरणीय कार्य भएको बताउनुभएको छ ।
ब्रसेल्समा आयोजित शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई गएराति सम्बोधन गर्दै मन्त्री डा महतले शान्ति सम्झौतापछिको नेपालको यो पछिल्लो १० वर्ष नेपाललाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण प्रजातान्त्रिक अवस्थासम्म ल्याउनका लागि एक सफल घटना हो भनी चर्चा गर्नु भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले यो सफलताका लागि छिमेकी देशको सद्भाव, संयुक्त राष्ट्रसङ्घको संलग्नता र विश्व समुदायको सद्भाव एवम् सहयोग तथा नागरिक समाज, सञ्चारमाध्यम निजी क्षेत्रलगायत समाजका विभिन्न तह र तप्काको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
समन्वय र सहयोग, पारस्पारिक विश्वास, राजनीतिक दलमा राष्ट्रियस्तरको एकता र सहमति तथा नागरिक समाजको सक्रियता र सहयोगबिना कुनै पनि देशमा शान्ति स्थापना असम्भव भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “हाम्रा लागि सो शान्ति सम्झौताको कार्यान्वयन गरी सशस्त्र विद्रोही समूहकै संलग्नतामा संविधानसभाको निर्वाचन र त्यसमार्फत नयाँ संविधानको निर्माणको काम राष्ट्रिय राजनीतिको प्रमुख कामका रुपमा रहेको थियो ।” द्वन्द्वरत पक्षसँगको शान्ति सम्झौतामा भएको व्यवस्थाबमोजिम सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको र यसले जघन्य अपराधमा संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार रहेको पनि उहाँले जानकारी गराउनु भयो ।
नेपालमा शान्ति प्रक्रियाको पूर्णताका लागि नेपाल सरकारको प्रमुख कार्य भनेको माओवादी विद्रोहीलाई नेपाली सेनामा शान्तिपूर्ण समायोजन र केहीको पुनःस्थापना, संविधानसभाको निर्वाचन सम्पन्न गर्नु, सङ्क्रमणकालीन न्यायका लागि संयन्त्रको निर्माण गर्नु र नयाँ संविधान निर्माणगरी जारी गर्नुजस्ता प्राथमिकता रहेको उहाँले स्मरण गर्नुभयो । निकै कठिन र लामो प्रयासपछि हामीले सन् २०१५ मा नयाँ संविधान पनि जारी गरयौँ– उहाँले भन्नुभयो ।
मन्त्री डा महतले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत प्राप्त गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको र नागरिकका मौलिक हकको उचित व्यवस्था गरेको बताउनु भयो ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण