
नेकपा एमाले पार्टी कार्यालय धुमबारहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।
आजबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै ओलीले नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरुप सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु यतिबेलाको कार्यभार हो भन्नुभयो ।
संविधानले समेत निर्दिष्ट गरेमुताविक २०७४ माघ ७ गते अगाडि नै जनप्रतिनिधिमूलक निकाय निर्वाचनका माध्यमबाट गठन गर्नु अनिवार्य रहेको कुरामा जोड दिँदै उहाँले स्थानीय तह र केन्द्रीय तहका निर्वाचनको मिति अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।
आजको बैठकमा समसामयिक परिस्थिति, पार्टीको सङ्गठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारलगायतका विषय समेटिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । १० पेज लामो उक्त प्रतिवेदन पोलिटब्युरो सदस्यले अध्ययन गरी भोलिको बैठकमा राय, सुझाव तथा धारणा प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा पार्टी स्थायी समितिद्वारा पारित यही फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजना सचिवालय सचिव प्रदीप ज्ञवालीले बैठकसमक्ष प्रस्तुत गर्नुभयो । त्यसैगरी यही फागुन १४ गते देशभरिका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थीको निर्वाचन र त्यसमा पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकाका बारेमा सचिव योगेश भट्टराईले बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण